चिनीयाँ अनुसन्धानकर्ताको दाबि : ठिक भएकाको फोक्सोमा लुकेको पाइयो कोरोना
विश्वभर कोरोना भाइरसको संक्रमण बढी नै रहेको छ । अहिलेसम्म कोरोनाको औषधि पत्ता लाग्न सकेको छैन भने यस भाइरसको बारेमा विश्वका कैयौं देशका वैज्ञानिक अध्ययनमा समेत जुटेका छन् । यसैबीच चीनमा भएको एक अध्ययनमा कोरोना ठिक भएपछि पनि फोक्सोमा लामो समयसम्म रहिरहन सक्ने पाइएको छ ।
चीनका अनुसन्धानकर्ताहरुले अस्पतालबाट ठिक भएर फर्किएका एक विरामी करिब साढे दुई महिना पछि पोजेटिभ देखिएको बताएका छन् । त्यस्तै दक्षिण कोरियामा विरामी एक पटक ठिक भएर फर्किएका कैयौं विरामी फेरी संक्रमित भएको रिपोर्ट आइरहेका बेला चीनको यो अध्ययनको चर्चा भइरहेको छ ।
चीन र दक्षिण कोरियाका अलावा ताइवान, भियतनाम र अन्य देशमा पनि दोहोरिएर कोरोना पोजेटिभ देखिएको छ । अनुसन्धानकर्ताहरुले जाँचको स्याम्पल लिदा फोक्सोको गहिराईसम्मको नलिदा रिपोर्ट निगेटिभ आएको बताएका छन् ।
चाइना मर्निग पोष्टको एक रिपोर्टका अनुसार कोरोना फोक्सोमा लामो समयसम्म रहिरहन सक्छ । सामान्यरुपमा नमुना लिदा कोरोना भाइरस लुकेको हुनसक्ने पनि हुनसक्ने बताइएको छ । कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक जियांग यूका अनुसार कोरोना दोबारा संक्रमित भएको भन्दापनि कोरोना भाइरस रिएक्टिभ भएको हुनसक्ने देखिएको छ ।
चीनको सेना आयुर्वेदिक विश्वविद्यालयका शोध प्रमुख डा। बियाँ शियुबले चीनमा एक ७८ बर्षकी महिलाको तीन पटक टेष्ट गर्दा निगेटिभ आयो र उनी अस्पतालबाट डिस्चार्ज भइन् । अस्पतालबाट छुट्टी भएको केहि समयपछि ती महिलामा फेरी कोरोना पोजेटिभ देखियो । उनलाई २७ जनवरीमा अस्पतालमा भर्ना गरियो, र १३ जनवरी अस्पतालबाट डिस्चार्ज भएको अर्को दिन नै हृदयघातबाट मृत्यु भयो । ती महिलाको पोष्ट मार्टम गर्दा लिभर, मुटुमा कोरोनाको संक्रमण देखिएन तर फोक्सोमा कोरोना भाइरसका स्ट्रेन देखियो । यसलाई माइक्रोस्कोपले हेर्दा कोरोना भएको पुष्टि भयो ।
यसरी चिनियाँ अनुसन्धानकर्ताहरुले महत्वपूर्ण अध्ययन सार्वजनिक गर्दै राम्रोसँग नमुना नलिदा कोरोना रिपोर्ट निगेटिभ आउने चेतावनी दिएका छन् । अहिलेसम्म विश्वभर ३३ लाखभन्दा बढी संक्रमित र २ लाख ३६ हजारभन्दा बढीको ज्यान गइसकेको अवस्थामा पनि यसको लक्षण र संक्रमणको तरिका बारेमा यकिन साथ भन्न नसकिने र यसको गहिराइलाई बुझ्न अझै अध्ययनको आवश्यकता भएको बताउछन् । खरिबोटबाट






