भारतमा कोरोना : ३७ हजार संक्रमित, १२ सयको मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ। वल्डो मिटरको बिहान ७ बजेको तथ्याङ्क अनुसार भारतमा ३७ हजार २ सय ५७ लाई संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणपछि १ हजार २ सय २३ को मृत्यु भइसकेको छ। त्यस्तै, १० हजार ७ भने उपचारपछि निको भइसकेका छन्।






