कोरोनाको कहरः विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३४ हजार
कोरोना भाइरसबाट विश्वभर दुई लाख ३४ हजार बढीको मृत्यु भइसकेको छ। वल्डो मिटरको तथ्यांक अनुसार शुक्रबार बिहान ७ बजेसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ३४ हजार ७४ पुगेको छ।
यस्तै ३३ लाख ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १० लाख ३९ हजार १ सय ७९ जना निको भइसकेका छन् ।






