साउदीमा ३१ नेपाली कोरोनाभाइरस संक्रमित, ६ जना निको भए
विश्व महामारी बनेको कोरोनाभाइरस ९कोभिड १९० का संक्रमित नेपालमा धेरै नभए पनि विदेशमा बस्ने नेपालीका लागि अब यो कहरको विषय भएको छ ।
बिहीबार मात्र बहराइनमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या एक सय ५७ पुगेको छ । अमेरिका, बेलायत, फ्रान्सलगायतका देशमा पनि कोरोना संक्रमित नेपालीको संख्या बढिरहेको छ । यहीबीच अब साउदीको जेद्दा क्षेत्रमा पनि २६ जना नेपाली श्रमिकलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
योसँगै साउदीमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या ३१ पुगेको छ । यीमध्ये अहिलेसम्म ६ जना ठिक भएर घर फर्किएका छन् । साउदीका लागि नेपाली राजदूत डा। महेन्द्रप्रसाद सिंह राजपुतले दिएको जानकारीअनुसार अन्यको स्वास्थ्य अवस्था पनि सामान्य छ । साउदीमा अहिलेसम्म २२ हजार ७ सयभन्दा धेरै जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । कोभिड १९ का कारण साउदीमा एक सय ६२ जनाले ज्यान गुमाइसकेका छन् ।






