बिश्व कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, ३१ लाख बढी संक्रमित
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण हालसम्म विश्वमा २ लाख १७ हजार ८ सय १३ जना मानिसको ज्यान गइसकेको छ । भने ३१ लाख ३६ हजार ५ सय ७ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । भने तिनिहरु मध्ये ५६ हजार ९ सय ७० जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै हालसम्म कोरोना उपचारपछि ९ लाख ५३ हजार ३ सय २१ जना निको भएर घर फर्किएका छन् ।






