कोरोना अपडेट : २ लाख ११ हजारको मृत्यु, ३० लाख ५९ हजार संक्रमित
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिएको छ ।
वल्डो मिटरको मंगलबार बिहान ६ बजेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका कारण ३० लाख ५९ हजार २ सय ९८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ११ हजार २ सय १९ जनाको मृत्यु र ९ लाख १९ हजार निको भएका छन् । उपचाररत करिब १९ लाख १८ हजारमध्ये करिब ५६ हजार २ सयको अवस्था भने चिन्ताजनक छ ।






