आमाले खाना पकाउन नदिँदा गाँउलेलाई समस्या
गाँउका मान्छे, अझ विशेषत गाँउका केहि फुर्सदिला महिला लाग्थ्यो समय परिर्वतन भयो, सिर्जनशिल भयो अब त सबैको दिमाग पहिलाको जस्तो संकोचित सोचहरु हटे, त्यस्ता सोच सुधार भयो होला तर अह उहाँहरुको बानि जस्ताको तस्तै रहेछ लकडाउनले चिन्ने अवसर गरायो ।
करिब ६ वर्ष पछिको यो मेरो घरको लामो बसाई लकडाउनले गराउदै छ । एलएलसि पछिको दिनहरुमा बजारको घरमा बस्दै आएकी म र मेरो दिदि, दाई अनि भाई । घरमा कहिलेकाहिँ आइन्थ्यो, हेटौंडा १८ हर्नामाडी टोलको नाम ठुलोदमार पहिला त यो ठाँउ गाविसनै थियो, अहिले उपमहानगरपालिका भएको छ । परिवर्तन भएको छ, यहाँको हरेक कुराहरु, बाटोघाटो शहरका भन्दा कम छैन्, पानिको पनि पछिल्लो समय एकदम राम्रो सुविधा छ । खासमा भन्ने हो भने यहाँ शहरकोभन्दा विकास कम नहोलान् ।
अब कुरा आयो सोचको, यतिका गाँउमा परिर्वतन भए तर यहाँ बस्ने मानिसको संकुचित सोच उस्तै । पहिला यस ठाँउमा कुरा गर्न, अरुको चासो राख्न महिला अग्रपक्तिमा थिए तर अहिले पुरुषको संख्या पनि ह्वात्तै बढेछ । कसले के गर्यो? फलानोको छोरीले के गर्छे? फलानोको छोरा कहाँ गएर आयो? कसको घरमा को आयो? भन्ने कुरा गर्दा गर्दै यहाँका मानिसको दिनचर्या रहेछ । पढ्ेका भन्नेहरु पनि यही ठाँउमा छन् तर सोचमा कालो अक्षर भौसी बराबरभन्दा कम छैनन् । हरेक विकास निर्माणको काममा बाधा पु¥याउनै पर्ने यहाँको एक चलननै रहेछ । विकास निर्माणको हातेमालो गर्ने कुराभन्दा खोइरो खन्ने बाहेक यहाँका केहि मानिसले जानेका रहेनछन् ।
मेरो घरमा हजुरआमा, आमा, वुवा, दिदि र भाई छौ । एकजना दिदिको विवाह भैसक्यो । सानैदेखि मम्मिले घरमा हामीलाई खाना बनाउन बन्देज लगाउनु भएको थियो, किनकि मम्मि भन्नुहुन्थ्यो, म भएसम्म तिमीहरुलाई बनाउन दिन्न, भोलीपर्सी विवाह भएको घर गएर पकौलीस् अहिले पर्दैन् भन्नु हुन्छ । कहिलेकाँहि सहयोग गर्ने भन्ने छुट्ै कुरा थियो तर मम्मिलेनै भान्सा समाल्नु हुन्छ । घरमा हामीले पकाउने काम सिक्न नपाएपनि, फुपुको घरमा फुपुले सिकाउने अनि अहिले आफु बस्ने घरमा पकाँउदा—पकाँउदा हामी अहिले पर्फोक्ट भइसक्यौ ।
हो यसमा पनि हाम्रा गाँउलेलाई पिर पर्छ, फलानाका छोरीले खाना पकाएन भनेर, जबकी मेरो घरमा कुनै समस्या छैन्, मलाई कुनै समस्या छैन्, मेरो हजुरआमा, मम्मी र बाबालाई कुनै समस्या छैन् । गाँउलेको लागि यो कुरा एकदम समस्याको विषय बन्थ्यो त्यो छ वर्ष अघि र अहिले पनि । आज पनि मम्मीले पहिलाको जस्तो गरिनै हामीलाई त्यहि कुरा दोहो¥याउनु हुन्छ म भएसम्म तिमीहरुले पकाउन पर्दैन् । बाहिरको हरेक काम सहयोग गर्ने हामी दिदि बहिनि भान्सामा भने उहाँलाई सघाउन पछि पर्छौ ।
लकडाउनले घरमानै बस्न बाध्य अहिले मलाई मात्र होईन्, सबैलाई पारेको छ । म काम गर्ने सञ्चारमाध्यम पत्रिका भएको कारणले अहिले बिदामा छु, अनलाइनमा यस्तै खाले आर्टिकल पाट्पुट् लेख्छु । धेरै समयपछिको यो बसाई रमाईलै भईरहेको छ । आमाको मन न हो, घरमा छोरी बल्लतल्ल बस्न पाको छे, विहान सवेरै उठ्न पर्दैन् भन्नुहुन्छ तर मन मान्दैन् । घरको पुजा—पाठ गर्नेदेखि जंगल जाने बारिमा जाने काम अनि केहि किताबहरु हेर्ने अनि हजुरआमाका पहिला पहिलाका कथा व्यथा सुन्दै काम गर्दै मेरो दिन अचेल बित्छ । अनिसंगसंगै टिकटकनि युज गर्छु ।
टिकटक युजपनि गाँउलेको लागि समस्याको विषय बनेको छ । जब टिकटक बनाउन घर अगाडिको बाटोमा जान्छु, मेरो त्यो १५ सेकेण्डको टिकटक बनाउने मेहेनतभन्दा, घरबाट चियाएर हेर्नेले बढी मेहेनत गर्दा रहेछन् । फलानाका छोरी त यसरी नाच्दा रैछन् वाईभन्ने कुराहरु अचेलका अंकल आन्टिको जागिर रहेछ । तर, यसमा मेरो घरपरिवारलाई कुनै समस्या नै छैन्, गाँउलेलाई किन समस्या अचम्म लाग्छ । अचेल आन्टिहरुको कुरा यहि टिकटकको विषयमा हुने रहेछ, एकजना नजिकका मान्छेले मेरो घर आएर भनेसी बल्ल थाहा भयो उहाँहरु मेरो घरको कुरा गर्नुहुदो रहेछ ।
लकडाउनकै कुरा हो, मेरो विवाह भएको जेठी दिदि यहाँ आएर बस्नु भएको छ । छ महिनाको छोरी पनिसंगै ल्याउनु भएको छ । दिदि आएर बसेको केहि समयपछि मेरो भिनाजु पनि छोरीको न्यास्रो मेटाउन अनि, जागिरको विदाको समय पारेर ससुराली आउनुभयो । भिनाजु पनि लगभग एकहप्ता बस्नुभयो । हामी भिनाजुलाई दाईजस्तै गर्छौ, अनि मम्मीबाबा पनि छोरा जस्तै गर्नुहुन्छ, हामी एक परिवारकै मान्छे हौ । त्यो एकहप्तामा न भिनाजुलाई कुनै समस्या भयो, न मेरो परिवारलाई तर त्यहाँ समस्या भयो मेरो केहि गाँउलेलाई । फलानाका ज्वाई कतिदिन बसेका हई, अनि छोरी चाहिँ नि कति बसेकी माईत । बजारको घर भिनाजुलाई गाँउमा आँउदा रमाईलो लाग्छ अनि दिदिलाई नि विदाको मौका उठाउदै माईति बस्न रमाईलो लागि रहेको छ अनि हामीलाई पनि घरमा सबै परिवारसंगै भएर रमाइलै लागि रहेको छ तर यसमा गाँउले साह्ै दुखि छन्, ।
र यो पनि लकडाउनकै कुरा हो, मेरो घरसंगै ठुलोवुवाको घर टासिएको छ । त्यहा ठुलोवुवा ठुलोमम्मि दाई र दिदि र छोरी हुनुन्छ । दिदिवडा कार्यालयमा काम गर्ने एक कर्मचारी हुनुन्छ । स्वाभाविक हो उहाँको फोन आउनु अफिसियल कामले धेरै आउने गर्छ । घरमा त्यति राम्रो गरि नेटवर्क नआउने भएको कारणले घरभन्दा तल बाटोमा जानुहुन्छ फोन गर्नको लागि । उहाँलाई घरबाट टाढा जाँदा कुनै समस्या छैन्, तर यहाँ गाँउलेलाई समस्या छ, फलानाका छोरी को संग कुरा गरेकी होला है? भन्ने पनि प्रश्न उठ्ने रैछ ।
सबै आ—आफ्नो ठाँउमा व्यस्त छन्, सबै तपाईको छोराछोरि जस्ता हुन्नन् भन्ने कुरा खै बुझेको । यहि गाँउमा फलानाका छोरी त पोईला गएनी भन्दै कुरा काट्ने आमाहरुका छोरी पोईला नगाएका पनि होईनन् । एउटै चिज मलाई राम्रो लाग्न सक्छ तपाईलाई नलाग्न सक्छ त्यो ठुलो कुरा भएन । जब सम्बन्धीत व्यक्तिलाईनै प्रत्यक्ष रुपमा कुनै असर परेको छैन् भने तपाई एक टोलको मान्छे विना सिति किन टाउको दुखाउनु हुन्छ?
हामी अरुको कुरा किन काट्छौ ? किन अरुको अवगुणको मात्र चर्चा गर्छौ हामीलाई किन अरुको प्रगति, उन्नती, सफलताले सुखी बनाउँदैन ? किनभने हामी आफुभित्र दबिएको मनोवेगलाई घटाउन वा थमथमाउन अरुको नराम्रो कुरा गर्छौ । कुनै व्यक्तिको नराम्रो कुरा वा दुर्गुण बताएर हामी आफुले आफैलाई सान्तवाना दिइरहेका हुन्छौ । थमथमाइरहेका हुन्छौ । अर्थात अर्काको प्रगति, क्षमता, सफलताले पोलेर त्यसलाई सितल बनाउन हामी अरुको नराम्रो कुरा काटेर होच्याउँछौ । यसरी मौखिक रुपमा होच्याएर पनि हामी आनन्द लिइरहेका हुन्छौ । सन्तुष्ट लिइरहेका हुन्छौं ।







