कोरोना अपडेट अमेरिका : बुधबार २ हजार ३४१ को ज्यान गयो, ३० हजार नयाँ संक्रमित

जनपत्र
११ बैशाख २०७७, बिहीबार ०६:३३

अमेरिकामा कोरोना भाइरसको असर अझै रोकिएको छैन । बुधबार पनि एकै दिन ३० हजार भन्दा बढी संक्रमित भएका छन् ।योसंगै संक्रमितको संख्या अमेरिकामा मात्रै ८ लाख ४९ हजारको हाराहारीमा रहेको छ । त्यस्तै मृतकको संख्या ४७ हजार ६५९ पुगिसकेको छ । बुधबार २ हजार ३४१ जनाको ज्यान गएको छ ।

जम्मा ८४ हजारलाई मात्र निको भएको छ । यो दर निकै कम हो । केस बन्द भएकामध्ये ३६ प्रतिशतको ज्यान गएको छ ।न्यूयोर्कमा सबैभन्दा बढी असर पुगेको छ । न्यूयोर्कमा २ लाख ६२ हजार २६८ जना संक्रमित भएका छन् । मृतकको संख्या २० हजार ३५४ पुगेको छ । एकै दिन ६६१ जनाको ज्यान गएको छ । न्यूजर्सीमा ९६ हजारको हाराहारीमा संक्रमित हुँदा ५ हजारभन्दा बढीको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*