क्यानडामा गोली हानेर १० जनाको हत्या, आक्रमणकारी पनि मारिए

जनपत्र
८ बैशाख २०७७, सोमबार ०६:५७

क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको छ । प्रहरीको पोशाक लगाएको ती आक्रमणकारी पनि प्रहरीको कारबाहीमा मारिएका छन् ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले पहिले नै त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै ती बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १० जनाको ज्यान लिएको बीबीसीले जनाएको छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती बन्दुकधारी पनि मारिएका थिए । नोवा स्कोटिया प्रहरीले ट्वीट गरेर आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*