यूएईबाट स्वदेश फर्कन चाहने नेपाली १० हजारभन्दा धेरै

जनपत्र
५ बैशाख २०७७, शुक्रबार ०७:१७

यूएईबाट १० हजारभन्दा धेरै नेपाली स्वदेश फर्कन चाहेका छन् । कोरोनाका कारण समस्या परेको भन्दै १० हजारभन्दा धेरै नेपालीले यूएईमा रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ एनआरएनएमा फारम भरेका हुन् ।

एनआरएनएले गएको हप्तादेखि कोरोनाका कारण समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीको तथ्याँक संकलन गरेको थियो । समस्यामा परेका नेपालीले यूएईमा रहेको नेपाली दूतावास र यहाँ रहेको गैरआवासीय नेपाली संघ एनआरएनमा समेत फारम भरेका थिए ।

एनआरएनले अनलाइनमार्फत आह्वान गरेको आवेदन फारममा बिहीबारसम्म झण्डै ५ हजार ४ सयभन्दा धेरैले फारम भरेको एनआरएन यूएईका उपाध्यक्ष नरेश सेनले जानकारी दिनुभयो ।त्यस्तै ५ हजारभन्दा धेरैले यो अवधीमा नेपाली दूतावास आबुधाबीमा सम्पर्क गरेर नेपाल फर्कन चाहेको बताएका छन् । दूतावास आबुधावीको वेवसाइटमा आफैंले विवरण दर्ता गराएको र टेलिफोनमार्फत पनि आफ्नो विवरण टिपाएको दूतावासले जनाएको छ ।उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*