कोरोना संक्रमित निको हुने ५ लाख ४७ हजार बढी
कोरोना भाइरस संक्रमित ५ लाख ४७ हजार उपचारपछि निको भएका छन्। सबैभन्दा धेरै संक्रमित निको हुने देशमा चीन पहिलो नम्वरमा छ। धेरै संक्रमित भएको देश अमेरिका उपचारपछि निको हुे सूचीमा भने तेस्रो छ अमेरिकामा ५३ हजार ६ सय ३९ जना संक्रमित उपचारपछि निको भएका छन्।
इरान निको हुनेको सूचीमा चौथो नम्बरमा छ। इरौनमा ५२ हजार २ सय २९ जना निको भइसकेका छन्। त्यसपछि छ इटली। इटलीमा ४० हजार १ सय ६४ जना घर फर्किए। फ्रान्समा ३३ हजार ३ सय २७ जना उपचारपछि निको भए। त्यसपछिको सूचीमा स्विजरल्यान्ड, ब्राजिल, क्यानडा र अष्ट्रिया छन्।






