२४ घण्टामा कोरोनाका ७१ हजार २८६ नयाँ संक्रमित पहिचान

जनपत्र
२ बैशाख २०७७, मंगलवार ०७:४७

पछिल्लो २४ घण्टामा कोरोना भाइरस ‘कोभिड–१९’ का ७१ हजार २८६ नयाँ संक्रमितको पहिचान भएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा पछिल्लो २४ घण्टाको अवधीमा २६ हजार ४४८ कोरोना संक्रमितको पहिचान भएको छ ।

बेलायतमा ४ हजार ३४२ कोरोना संक्रमित २४ घण्टामा थपिएका छन् भने फ्रान्समा ४ हजार १८८ संक्रमित थपिएका छन् । स्पेनमा ३ हजार २६८, इटालीमा ३ हजार १५३ जना कोरोना संक्रमित २४ घण्टामा फेला परेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ संक्रमित फेला परेका थिएनन् । आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएका हुन् । आइतबार थपिएका तीनैजना नागरिक भारतीय हुन् । हालसम्म प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित फेला परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*