कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय नाघ्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड -१९’ को संक्रमणबाट यो समाचार तयार पार्दसम्म ज्यान गुमाउनेको संख्या ७४ हजार ६सय ५४ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानको तथ्यांकअनुसार विश्वभर १३ लाख ४६ हजार ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, २ लाख ७८ हजार ५ सय ३४ जना भने उपचारपछि निको भएका छन्।





