बाघलाई पनि कोरोना भाइरस

जनपत्र
२४ चैत्र २०७६, सोमबार ०७:३०

बाघलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । न्युयोर्कको चिडियाघरमा रहेको बाघलाई कोरोना भाइरसको संक्रमण भएको हो । सीएनएनका अनुसार बाघको टेष्ट गर्दा संक्रमण पत्ता लागेको हो । बाघलाई चिडियाघरका कामदारबाट सरेको हुनसक्ने बताइएको छ ।
ब्रोनक्स चिडियाघरमा दुईवटा अमुर बाघ र तीनवटा अफ्रिकन सिंहलाई पनि सुख्खा खोकी आएको छ । त्यहाँ अन्य जनावरलाई पनि संक्रमण भेटिएको हुनसक्नेबारे जाँच हुन गइरहेको जनाइएको छ । चिडियाघरले बाघको राम्रो हेरचाह गरिरहेको जनाएको छ । उसले संक्रमित बाघ चार वर्षको पोथी भएको जनाएको छ ।

सँसारभर मानिसमा फैलिइरहेको कोरोना भाइरस कुकुर र बिरालोमा पनि सरेको पुष्टि भएपनि बाघमा पहिलोपटक संक्रमण भएको पत्ता लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*