काेराेना सङ्क्रमण : बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन अस्पताल भर्ना
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।
अमेरिकाको न्यूयोर्कमा रहेको ब्रोन्क्स चिडियाघरमा रहेको एउटा बाघमा पनि कोरोनाको सङ्क्रमण देखिएको पुष्टि भएको छ । चार वर्षको पोथी बाघमा कोरोना भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।






