वन्दको समयमा पनि शिद्धार्थ वैकको सेवा, रातभरी एटिएम खुल्ला
हेटौंडा । शिद्धार्थ बैकको हेटौंडा साखाले दिनमा २४ सै घण्टा एटीएम सेवा दिदै आएको छ । हेटौंडाका अरु वैकको एटीएम सेवा राती दश वजेपछी वन्द भइरहने समयमा शिद्धार्थ वैकले भने एटिएम सेवा २४ सै घण्टा दिदै आएको हो । हेटौंडाका अरु सवैजसो वैकले रातीको एटिएम सेवा वन्द गर्दा उपभोक्ताहरु रुष्ट वनेका छन् ।
कोरोना भाइरसको त्रासको समयमा सरकारले देशभरका वैकलाई हिजो देखि दिउसो दुई घण्टा खोल्नका लागि दिएको निर्देशन पालना गरेको शिद्धार्थ बैक हेटौंडा साखाका म्यानेजर अर्पण सञ्जेलले जानकारी दिनुभयो । अहिलेको समयमा पनि आम उपभोक्ताको समस्यालाई ध्यानमा राखेर दिन र राती पनि एटीएम सेवा दिइएको उहाँले वताउनुभयो । हेटौंडाको नारायणी महलको भवनमा रहेको वैकले आम नागरिकको मागअनुसार सेवा दिदै आएको छ ।






