राष्ट्रिय उमा कुङफु सुरु

जनपत्र
१७ फाल्गुन २०७६, शनिबार ०६:०२

नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता बसुन्धरास्थित ऋत एकेडेमीमा शुक्रबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । यसै प्रतियोगिताबाट नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने उमा विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिनेछ । तीनै च्याम्पियनसिप सन् २०२० मा हुने छ । साथै यसै प्रतियोगिताको प्रदर्शनका आधारमा उत्कृष्ट २० खेलाडीको छनोट गरी चीनमा प्रशिक्षणका लागि पठाइने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*