संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

जनपत्र
१३ फाल्गुन २०७६, मंगलवार ०६:५१

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले शनिवार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधव कुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् । कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा नेपालको कोटेश्वरस्थित घरमा सोमवार बिहान छलफल गर्न पुगेका थिए ।

सत्तारूढ नेकपाका संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको बताएका छन् । उनले सोमवार कार्यदलको बैठक नभई अनौपचारिक छलफल भएकाले अब त्यसमा सहभागी भएको बताए । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*