बागमती गोल्डकपः जाउलाखेल युवा क्लब फाईनलमा प्रवेश
मकवानपुर / संकटा युवा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेल युवा क्लब तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । आज मकवानपुरको बागमती गाउँपालिकामा जारि प्रतियोगितामा शनिबार संकटालाई २–० गोलले हराउँदै जावलाखेल उपाधि नजिक पुगेको हो ।
जावलाखेलले अब उपाधिको लागि हिमालयन शेर्पा क्लवसंग प्रतिस्पर्धा गर्ने छ । दोस्रोे सेमिफाईनल खेलमा जावलाखेल युवा क्लवका विदेशी खेलाडि अदामादुम्बीअले खेलको ३२ औँ मिनेटमा एक गोल गर्दै खेललाई अग्रता दिलाए ।
संकटाको मेस्सोकेले २ पटक राम्रो अवसर पाएता पनि अवसरलाई सदुपयोग गर्न सकेन् । त्यस्तै संकटाका तर्फबाट रुप बहादुर लामाले राम्रो अवसर पाएका थिए तर खेलाडिको तालमेल नमिल्दा गोल हुन गराउनबाट चुके ।
दोस्रो हाफको ८७ औँ मिनेटमा जावलाखेलका रुप बहादुर लामाले दिएको पासलाई बिमल घिसिङले सदुपयोग गर्दै २ः० को सोजो सेटमा जावलाखेल दोस्रो सेमिफाइनलेको विजेता बनेको हो ।
खेलमा जावलाखेका विदेशी खेलाडि अदामादुम्बीअ म्यान अफ दी म्याच घोषित भए । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।
प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।
पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो। बागमती गोल्ड कपको फाईनल खेल फागुन ११ गते हुनेछ ।






