एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत सुझाव

जनपत्र
१० फाल्गुन २०७६, शनिबार ०६:५४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा संयुक्तरुपमा भेटेर प्रतिवेदन बुझाएको थियो ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा नेकपा केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए ।

कार्यदलले एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिएको संयोजक झलनाथ खनालले अनलाइनखबरलाई जानकारी दिए । प्रतिवेदन बुझाइसकेपछि संयोजक खनालले निश्कर्ष सुनाउँदै अनलाइनखबरसँग भने, ‘जम्मै कुराहरुको अध्ययन गरिसकेपछि हामीचाहिँ के निश्कर्षमा पुग्यौं भने यसलाई नसच्याइकन र सुधार नगरिकन यसलाई लागू गर्नुहुँदैन ।’

यो निश्कर्ष सर्वसम्मत हो कि कार्यदलका तीनजना मध्ये कसैको असहमति पनि रह्यो रु भन्ने अनलाइनखबरको प्रश्नमा संयोजक खनालले भने, ‘एकदम सर्वसम्मत निश्कर्ष ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*