नेकपा मकवानपुरद्वारा स्थानीय तहका कामका विषयमा अन्तरक्रिया
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आयोजनामा जिल्लामा निर्वाचित भएका स्थानीय तहका प्रमुख, उपप्रमुख र पार्टीका स्थानीय तहका अध्यक्ष र सचिब सहितको अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ ।
कार्यक्रममा मकवानपुरका स्थानीय तहमा नेकपाबाट निर्वाचित प्रमुख तथा उपप्रमुखहरुले आफुले साढे दुईवर्षको अवधिमा गरेका कामका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद विरोध खतिवडाले स्थानीय तहमा केहीन केही श्रृजनात्मक काम गर्नका लागि निर्देशन सुझाव दिनुभयो । आफ्ना गाउँका विशेषता अनुसार काम गर्नुपर्ने वताउनुभयो ।
स्थानीय तहले सडक निर्माण गर्ने भनेर वजेट माग गर्दा प्राप्त नहुने र अरु फरक तरिकाले वजेट माग गर्दा प्राप्त गरिरहेको वताउनुभयो । मकवानपुरमा पनि अदाहरणिय काम गरेका स्थानीय तहले एकले अर्काको कामलाई सिकेर अगाडी वढ्नका लागि खतिवडाले सुझाव दिनुभयो ।
नेकपाका अर्का केन्द्रीय सदस्य रामेश्वर रानाले जनप्रतिनिधि जनताका सेवक भएर काम गर्नुपर्ने वताउनुभयो । आफुले गरेका काम पारदर्सी रुपमा अगाडी वढाउनका लागि उहाँले सुझाव दिनुभयो । कार्यक्रमको अध्यक्षता ग्रणण गर्नुभएका नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले स्थानीय तहले व्यक्तिलाई अुनकुल पर्ने योजनामा वजेट खर्चगर्ने भन्दा पनि पार्टीसंगको समन्वयमा आवस्यक्ताका आधारमा काम गर्नुपर्ने वताउनुभयो । हरेक राजमार्गमा सार्वजनिक सौचालय निर्माण गर्ने काम मकवानपुरबाट सुरुवात गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा बागमती प्रदेश कमिटिका अनन्त पौडेल, नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका कार्यालय सदस्य वद्री लंसाल, श्रीधर पोख्रेल, एकालाल श्रेष्ठ, प्रमिला पुलामी लगायतकाको आतिथ्यता रहेको थियो ।
आजको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, थाहा नगरपालिकाका मेयर लवशेर विष्ठ, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, वकैया गाउँपालिकाका अध्यक्ष सरला बोलखे, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा र राक्सीराङ गाउँपालिकाबाट भने पार्टीका तर्फबाट स्थानीय तहमा भएका कामका बारेमा जानकारी गराइएको थियो ।






