एआइजी नै छैनन् प्रहरीमा, ३ पदका लागि ७ जनाको दौडधुप

जनपत्र
८ फाल्गुन २०७६, बिहीबार ०६:४४

प्राविधिक एआइजी ९प्रहरी अतिरिक्त महानिरीक्षक० लाई गणना नगर्ने हो भने नेपाल प्रहरी अहिले एआइजीविहीन छ। गत माघ २८ गते एकै पटक आइजी, एआइजी र डिआइजीसहित २२ जना ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरी एक साताबाट एआइजीविहीन छ।

माघ २८ मा बसेको मन्त्रिपरिषद् बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरे पनि एआइजीका बारेमा कुनै निर्णय गरेको छैन। २०७५ जेठ २७ को मन्त्रिपरिषद बैठकले प्राविधिकसहित १६ जना एआईजीलाई कटौती गर्दै ३ मा झारेको थियो। तीन एआइजीका लागि ७ जना डिआइजी दौडमा छन्।

अहिले एआइजी भएकामध्येबाट आगामी प्रहरी नेतृत्व चयन हुने भएकाले एआइजी बढुवाका लागि डिआइजीबीच दौड तीव्र छ।सुदूरपश्चिम प्रदेशका प्रमुख तारणी लम्साल, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्री, विशेष ब्यूरो प्रमुख हरि पाल, प्रदेश २ का प्रमुख प्रद्युम्न कार्की, केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०का निर्देशक निरज शाही, प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी सूर्य उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेल एआइजी हुने दौडमा छन् ।

उनीहरुमध्ये लम्साल र उपाध्याय आगामी असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । जसका कारण लम्साल र उपाध्याय एआइजीमा बढुवा भए पनि अहिलेकै नियम कायम रहे उनीहरुको आइजीपी हुने सम्भावना छैन। अन्य ५ जनामध्ये जो एआइजी हुन्छन् भावी आइजीपीको प्रमुख दाबेदार उनै हुनेछन् । पोखरेलबाहेक क्षत्री, पाल, कार्की र शाही २०४९ वैशाख १९ मा सेवा प्रवेश गरेका थिए । उनीहरुमध्येबाट जो एआइजीको वरियतामा अगाडि हुन्छन् विद्यमान प्रहरी नियमावली अनुसार २०६९ वैशाख १८ गतेसम्म आइजी हुन पाउनेछन् ।
नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*