कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुनेछ : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताएका हुन्।
कांग्रेसप्रति अझै पनि जनताको आशा र भरोसा रहेकाले पार्टीभित्रै सुधारको आवश्यकता रहेकामा पौडेलको जोड छ। दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौैडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने टिप्पणी गरे।






