ढुक्क हुनुहोस, सरकार समृद्धिको बाटोमा छ : प्रधानमन्त्री ओली

जनपत्र
२५ माघ २०७६, शनिबार ०६:२०

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गरे । उनले सरकार जनताको सुख र समृद्धिको निम्ति काम गरिरहेको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध रुपमा अगाडि बढिरहेको बताए । उनले भने, ‘नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ ।’ प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न सबैलाई अपिल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*