मकवानपुरे गायक सूर्य रूम्बाको पहिलो तामाङ गीत ‘फ्याफूल्ला’ सार्वजनिक (भिडियो सहित)
मकवानपुरे गायक सूर्य रूम्बाको पहिलो तामाङ गीत ‘फ्याफूल्ला’ सार्वजनिक भएको छ । नेपाली गीतसंगीतमा एक दशकभन्दा बढी समय बिताइसकेका रुम्बा विगत ४ बर्षदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेरपनि गीत संगीतमा निकै सकृया गायक हुन् ।
रुम्बाको भरखर बजारमा आएको फ्याफूल्ला’ गीतमा स्वार, शब्द र संगीत स्वयम गायक रूम्बाकै र गीत माया प्रेमसम्बन्धी बनेको छ । उत्सब सुब्बा लामाको संगीत संयोजन गरेको गीतको छयाङकन गजेन्द्र बुढामगर, सम्पादन विशालराज राइ र सहयोगी निर्देशन शुभराज भोम्जनले गरेको छ । साथै यो गीत नेपाली भाषामा पनि रेकार्डिङ सकेर मिक्सिङको क्रममा रहेकोले चाडैं दर्शकश्रोता सामु ल्याउने गायक रूम्बाले बताउनुभयो ।
यो गीत हेर्नुहोलाः







