मकवानपुरका सांसद विरोध खतिवडाद्वारा गाँजालाई वैधानिकता दिन संसदमा जरुरी प्रस्ताव दर्ता

जनपत्र
१४ माघ २०७६, मंगलवार १८:४१

हेटौंडा । मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सांसद बिरोध खतिवडाले गाँजालाई बैद्यानिक बनाउँदै किसानहरुको आम्दानीको श्रोत बनाउनु पर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव संसदमा आज औपचारिक रुपमा दर्ता गर्नुभएको छ ।

अहिलेको कानूननै परिमार्जन गरेर निश्चित स्थान समेत तोकेर गाँजा लगाउनका लागि प्रस्ताव दर्ता गरिएको हो । यस अघि पनि सांसद खतिवडाले यसअघि पनि संसदमा विभीन्न देशमा वैधानिक रुपमा गाँजा लगाउन पाउने तर, नेपालमा किन नलाउन नपाउने भन्दै आवाज उठाउनुभएको थियो ।

आज दिउँस प्रतिनिधिसभा समक्ष प्रस्ताव दर्ता गर्नुभयो । उहाँले प्रस्तावको समर्थनमा पुर्व गृहमन्त्री जनार्दन शर्मा, पुर्व सभामुख ओनसरी घर्ती, देखि पुर्व डिआईजि समेत रहेका प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, सांसदहरु देवेन्द्र पौडेल, जयपुरी घर्ती, पुर्णकुमारी सुवेदी सहित ४५ जना सांसदहरु रहेका छन् ।

प्रस्ताव दर्ताको विषयमा सांसद खतिवडाले विश्वको ६५ भन्दा धेरै देशले गाँजालाई आम्दानीको श्रोत बनाएको बताउनुभयो । उहाँले गाँजालाई सुरुमा अबैध भनेर प्रचार गरेको अमेरिकाले समेत हाल बैद्य बनाउँदै औषधी उपचारको लागि र घरेलु उपचारको प्रयोजनको लागि प्रयोग गरेको बताउनुभयो ।

गाँजाको अनुसन्धानकर्ताको अनुसार यो ९८ प्रतिशत राम्रो कामको लागि प्रयोग हुने, किसानको आम्दानिको राम्रो श्रोत हुने पाईएको भन्दै विकसित देशका किसानहरु गाँजाखेतीबाट समृद्ध बनेको अवस्थामा नेपालीहरु भने जेल जानुपर्ने कुरा दुर्भाग्य रहेको उनको भनाई रहेको छ ।
जरुरी सार्वजनिक प्रस्ताव दर्ता पछि अब यो विषय सांसदमा औपचारिक बहसको रुपमा प्रस्तुत हुने उहाँको भनाई रहेको छ । प्रस्तावमा सरकारले गाँजाखेती गर्ने स्थान तोक्ने र सरकारकै अनुगमनमा खेती गर्नुपर्ने बुँदा समेत रहेको सांसद खतिवडाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*