विप्लव समूहका मोरङ इन्चार्जले त्यागे पार्टी, प्रशासनसमक्ष गरे आत्मसमर्पण
नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गर्नुभएको छ । नेकपा विप्लव समूहमा लागेर विभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उच्च अदालतले छाड्न आदेश दिएलगत्तै पौडेलले जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मासमर्पण गर्नुभएको हो । आत्मसमर्पण गर्दै पौडेलले विप्लव समूह परित्याग गरेको बताउनुभयो ।
सामान्य जीवनमा फर्कन पार्टी परित्याग गरेको जिल्ला प्रशासन कार्यालय मोरङमा पौडेलले दिएको निवेदनमा उल्लेख छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलसमक्ष पौडेलले अब विप्लव समूहसँग लागेर कुनै अवैध गतिबिधि नगर्ने भनि कागज गरेपछि छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेता, पत्रकार, मानव अधिकारकर्मीको रोहवरमा पौडेललाई छाडिएको भण्डारीले बताउनुभयो ।






