विवाह विनै आमा बनेकी नायिका नीना भन्छिन्, ‘आत्मग्लानी हुन्छ’
बलिउड नायिका नीना गुप्ता अभिनयका कारण आज पनि चर्चित छिन्। उनले बलिउडमा लामो यात्रा गरिन्। तर, उनको प्रोफेशनल र व्यक्तिगत जीवन उतार चढावमा रह्यो। नीनाकी एउटी छोरी छन्, मसाबा। नीनालाई अहिले पनि एउटा कुराको ग्लानी छ।
उनले भनेकी छिन्, ‘मैले विवाह विना बच्चाका बारेमा सोच्न हुँदैनथ्यो। एक बच्चालाई मातापिता दुबैको आवश्यकता हुन्छ।ु उनले अगाडि भनेकी छन्, ुम जहिल्यै मसाबालाई लिएर इमानदार रहे। किनकी उसँगको सम्बन्धमा असर नपरोस्। तर मलाई थाहा छ उसलाई पिताको कमीको महसुस हुन्छ होला।’
नीना गुप्ता र वेस्ट इन्डीज क्रिकेट टीमका महान खेलाडी विवियन रिचर्ड्सकी छोरी हुन्, मसाबा। २ नोभेम्बर १९८८ मा नीना गुप्ताकी छोरी मसाबाको जन्म भएको थियो। नीना र विवियन रिलेशनशिपमा रहे। तर, उनीहरुले विवाह गरेनन्।







