सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्न कांग्रेसको माग

जनपत्र
४ माघ २०७६, शनिबार ०७:३८

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको यही माघ ६ गते बस्ने बैठकलाई नियमित गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ । काँग्रेस संसदीय दलको शुक्रवार बसेको बैठकले गत पुस ४ गतेबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ ।

संविधानको धारा ९१ को उपधारा ९२० बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा काँग्रेस संसदीय दलको आफ्नो दृढता दोहो¥याउँदै सोही मुताविक गर्न माग गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लामो प्रक्रिया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्नसमेत माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*