फोटो खिच्ने बहानामा शरीर छुन खोज्छन् : नायिका स्वस्तिमा खड्का

जनपत्र
२९ पुष २०७६, मंगलवार ०६:४३

नेपाली सिनेमा क्षेत्रमा महिला कलाकारमाथि हुने आर्थिक शारीरिक शोषणबारे अनौपचारिक चर्चा धेरै सुन्न पाइन्छ। तर सोमबार अभिनेत्रीहरू नायिका रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले यसबारे औपचारिक चर्चा गरे।

नेपाल लाइभका पत्रकार डिबी खड्का नियतु किताब सार्वजनिक गर्दै उनीहरूले सिनेमा क्षेत्रमा आफूहरूले पटकपटक खराब नियत भएकाहरूको सामना गर्नुपरेको बताए। उनीहरूले किताबभित्रका धेरै कुरा आफूले भोग्नु नपरे पनि सुनेको वा देखेकै कुरा भएको बताए। किताबबारे बोल्दै नायिका रेखा थापाले भनिन्, समाजका अरु क्षेत्रजस्तै यो क्षेत्रमा पनि विकृति छ। महिलाप्रति समाजकै नियत खराब छ।

स्वस्तिमा र लक्ष्मीले यो किताब पढ्ने क्रममा किताबमा उल्लेख कतिपय घटना र पात्रबारे आफूहरूले छलफल पनि गरेको बताए। स्वस्तिमाले आफूले राम्रो समूहसँग काम गर्ने अवसर पाएकोले किताबमा उल्लेख भएकै स्तरको शोषण भोग्नु नपरे पनि सुरुवाती चरणमा केही प्रलोभन देखाउनेहरू भेटिएको बताइन्।

सोसल मिडियामा विभिन्न खालका प्रस्ताव गर्नेहरु भेटिन्थे, तर म डिलिट गर्दिहाल्थेँ, उनले थपिन्, कति फ्यानले फोटो खिच्ने बहानामा शारीरिक दुर्व्यवहार गर्न खोजेका छन्। त्यस्तो बेला बेलैमा सतर्क हुन्छु।

लक्ष्मीले भने आफूले प्रत्यक्ष रुपमै दुर्व्यवहार भोगेको बताउँदै प्रतिवाद गरेकाले त्यसपछि फेरि त्यस्तो घटना नदोहोरिएको बताइन्। स्वस्तिमाको कुरामा सहमति जनाउँदै उनले सोसल मिडियामा पछ्याउनेहरूको सामना आफूले पनि गर्नुपरेको बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*