प्रदेश–३ नेकपा संसदीय दलको निर्णय, राजधानी हेटौंडा मात्रैको प्रस्ताव संसदमा दर्ता गरिने, नाम वागमती

जनपत्र
२५ पुष २०७६, शुक्रबार १३:५२

हेटौंडा । पाँच दिन सम्म हेटौंडामा वसेको नेकपा प्रदेश–३ संसदीय दलको वैठकले प्रदेशको राजधानी हेटौंडा मात्रैको प्रस्ताव संसदमा दर्ता गरिने निर्णय गरेको छ । प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा हेटौंडाको पक्षमा मात्र दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयालले वताउनुभयो ।

पहिले संसदमा राजधानीका लागि प्रस्ताव भएको पाँच जिल्लाको नाम भन्दा पनि अव फेरी मकवानपुरका पक्षमा मात्र प्रस्ताव दर्ता गर्ने निर्णय भएको उहाँले वताउनुभयो । प्रदेशको नाम भने वागमती राख्ने सर्वसहमतीले निर्णय भएको उहाँले वताउनुभयो ।

वैठकपछी प्रदेशको राजधानी हेटौंडा र नाम वागमतीको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिएको छ । आज दिउसो ३ वजे संसद वैठक वस्दै छ । केही सांसदहरुले अरु जिल्लाको पनि नाम दर्ता गराउने भनेका छन् । प्रदेश ३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठकले आज राजधानी र नामाकरणका विषयमा निर्णय गरेर राजधानी र नामाकरणको प्रकृया संसदमा सुरु गर्नका लागि थप सहजता पैदा भएको छ ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएपछि मुख्यमन्त्रीको सक्रियतामा आज बिहीवार दलको बैठक पाँचौ पटक बसेको हो । पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमती जुटाउन संसदीय दलको बैठकमा प्रयासपछी निर्णय गरिएको हो ।

हिजो बिहीवार बसेको दलको बैठकमा प्रदेशसभामा हेटौंडाको मात्रै प्रस्तान लाने वा पाँचवटै जिल्लाको प्रस्ताव लैजाने भन्ने विषयमा सांसदहरुबीच रस्साकस्सी चलेको थियो ।

छलफलका क्रममा केही सांसदले राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको ५ जिल्ला संसदमा प्रस्ताव गर्नुपर्ने माग गरेका थिए । केहीले भने हेटौंडा र काभ्रेको मात्रै प्रस्ताव लैजानु पर्ने धारणा राखेका थिए । प्रतिवेदनमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर छनौट भएका थिए ।

संसदीय दलको पाँचौ बैठकले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी विवादको निरुपण गरेको छ । यसअघि बसेका ४ वटा बैठकमा राजधानी हेटौंडा वा काभ्रे बनाउने विषयमा विवाद भएको थियो ।

राजधानी र नामाकरणको विषयमा सहमती हुन नसक्दा हिजो बिहीवार बेलुका अबेरसम्म बसेको उपलब्ध नेकपा केन्द्रीय सदस्यहरुको बैठकले आजको बैठकबाट ह्विप जारी गर्ने र प्रदेशसभामा हेटौंडा र बाग्मतीको मात्रै प्रस्ताव लैजाने निश्कर्ष निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*