प्रदेश सभा वैठक आज, संसदीय दलको वैठक भोली
हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेशसभाको वैठक आज दिउसो वस्ने भएको छ । आज दिउसो ३ वजेका लासग सभामुख सानुकुमार श्रेष्ठले संसदीय दलको वैठक बोलाउनुभएको हो । वैठकमा राजधानीको नामाकरण र स्थायी राजधानीको प्रकृया सुरु गरिने भएको छ ।
आजको बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको प्रक्रियामात्र अगाडि बढ्ने भएको छ । प्रदेशको राजधानी र नामाकरणको स्थायित्वका लागि सदनमा महत्वपूर्ण मानिएको मतदान प्रक्रिया भने तत्काल अगाडि नबढ्ने भएको छ ।
नेकपाको संसदीय दलको वैठक भोली विहान ८ वजेका लागि वोलाइएको र त्यस वैठकमा निर्णय गरिएपछी मात्र प्रदेशसभाको वैठकमा राजधानी र नामाकरणका बारेमा निर्णय गर्ने तयारी गरिएको नेकपाका प्रमुख सचेतक रामेश्वर फूयालले वताउनुभयो ।






