सेड्रिना शर्माको पहिलो अवार्ड उचाल्दा भावुक बनेका बुवा
ुनाई न भन्नु ल ४ु बाट डेब्यु गरेकी बाल कलाकार सेड्रिना शर्माले हिजो मात्र सम्पन्न ुकामना अवार्डु मा उत्कृष्ट बाल कलाकारको अवार्ड हासिल गरेकी छिन । पहिलो अवार्ड उचालेको केही क्षण मै उनले आफु चलचित्रबाट केही समयका लागि टाढा रहने समेत घोषणा गरेकी छिन् ।
बुवासंग अवार्ड समारोहमा आएकी सेड्रिनाले पहिलो चलचित्रबाट पाएको पहिलो अवार्ड उचाल्दै गर्दा उनका बुवा संगम शर्मा भावुक बनेका थिए । भावुक हुँदै संगमले छोरी सेड्रिनालाई अँगालो हाल्दै खुशी व्यक्त गरेका थिए । सेड्रिना भने आफुलाई दर्शकले दिएको मायाको आभारी रहेको र आउने दिनमा बढी मेहेनत गरेर दर्शकको मन राख्नेछु भन्ने लक्ष्य बोकेको सुनाईन ।







