प्रदेश ३ को राजधानीका विषयमा नेकपाको रणनीति बुझ्दै काग्रेश
हेटौंडा । प्रदेश ३ को राजधानीका विषयमा नेकपाको रणनीति बुझेपछी मात्र राजधानी र नामाकरणका विषयमा काग्रेशले थप निर्णय लिने भएको छ । नेकपाको वैठक लम्विीएपछी काग्रेशको संसदीय दलको वैठक फेरी २१ गते वस्ने तयारी गरेको छ ।
नेकपाले जे निर्णय गर्छ त्यसको विपक्षमा मतदान गरिहाल्ने तयारी पनि काग्रेशको छैन । किनकी पहिले काग्रेशकै सरकारको पालामा राजधानी हेटौंडामा राखिएको हो । तर, नेकपाको सचिवालय वैठकले गरेको निर्णयको विरोध गरेकाले स्थायी राजधानीको मतदानमा पनि ह्वीप जारी नगर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले तीन वटा निर्णय गरेको छ । प्रदेश राजधानी र नामकरण लगायतका विषयमा छलफल गर्न शुक्रबार संसदीय दलको सम्पर्क कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले तीन वटा निर्णय गरेको हो ।
संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संविधानको भावना विपरित राजधानी र नामबारे निर्देशन दिनु खेदपूर्ण रहेको भन्दै प्रदेशसभाको अधिकार प्रदेशले नै प्रयोग गर्न पाउनुपर्ने जनाएको छ ।
त्यस्तै, बैठकले प्रदेशको राजधानी र नामाकरणबारे नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले सांसदहरुलाई ह्वीप जारी नगर्ने र आफ्नो मतदान र अभिव्यक्ति स्वतन्त्र दिन पाउने निर्णय पनि गरेको छ । बैठकले पुस २१ गते साँझ बस्ने कांग्रेस संसदीय दलको अर्को बैठकले तत्कालिन परिस्थिति अनुसार २२ गते संसदमा प्रस्तुत हुने रणनीति तय गर्ने निर्णय गरेको संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिनुभयो ।






