प्रदेश ३ मा नेकपा र काग्रेश संसदीय दलको वैठक सुरु
हेटौंडा । नेकपा र काग्रेशको प्रदेश नम्बर–३ को संसदीय दलको वैठक आज हेटौंडा र काठमकाण्डौमा एक साथ सुरु भएको छ । नेकपाको वैठक प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास र काग्रेशको वैठक काठमाण्डौमा प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाको काठमाण्डौ स्थित सम्पर्क कार्यालयमा सुरु भएको हो । दुवै दलको वैठक प्रदेश ३ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा छलफल भइरहेको हो । वैठकमा राजधानी र नामाकरणको षियलाई वढी प्राथमिकता दिएर सांसदहरुले वोल्नेक्रम सुरु भएको छ ।

यही पुस २१ गते प्रदेश सभाको वैठक वस्नु भन्दा अगाडी नेकपा संसदीय दलको वैठक वस्न लागेको नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो । त्यसैगरी नेपाली काग्रेशका संसदस्य दलका नेता तथा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाँले पनि वैठक सुरु भएको जानकारी दिनुभयो ।

नेकपाको केन्द्रीय सचिवालय वैठकले प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा तोकेगै नेकपा प्रदेश ३ को संसदीय दलको वैठक सुरु भएको उहाँले जानकारी दिनुभयो । संसदीय दलको वैठकमा निर्णय भएपछी मात्र प्रदेश सभामा राजधानी र नामाकरणको विषयमा प्रस्ताव लैजाने तयारी छ ।
उता प्रमुख प्रतिपक्षी दलको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा राजधानी र नामाकरणसँगै अन्य विषयमाथि पनि छलफल भइरहेको नेता इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको अधिकार प्रदेश सभालाई छ । आगामी प्रदेशसभा बैठकमा राजधानी र नामको विषयले मूर्तरुप पाउनेछ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा राजधानी कायम गर्ने सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएका छन् । केन्द्रले सबै पक्षलाई ध्यान दिएरै रणनीतिक महत्व राख्ने हेटौँडालाई नै प्रदेश ३ को मुकाम कायम गर्ने निर्णय गरेकाले संसदीय दलमार्फत निर्णय कार्यान्वयन गराउन ओली–प्रचण्डले निर्देशन दिएका हुन् ।







