अज्ञात समुहद्वारा मकवानपुरको २ वटा टावरमा आगजनी
हेटौंडा / मंगलबार राति मकवानपुरमा रहेको २ वटा टावरमा आगजनी भएको छ ।
हेटौंडा उपमहानगरपालिका– १६ चिसापानीमा रहेको नेपाल टेलिकमको टावर र भीमफेदी गाउँपालिकाको वडा नम्बर ९ चुनियामा रहेको एनसेल टावरमा आगजनी आगजनी गरेको हो । मकवानपुर प्रहरीका अनुसार, आगलागीबाट टावरमा आशिंक रुपमा क्षति पुगेको र घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनु भयो






