देउवालाई सिटौलाको दुई पन्ने पत्र, सहमतिबाटै महाधिवेशनको पूर्ण कार्यतालिका बनाउनुस्

जनपत्र
१६ पुष २०७६, बुधबार ०६:२७

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई दुई पन्ने पत्र बुझाएका छन् । उनले पत्रमा महत्वपूर्ण विषयमा निर्णय गर्दा सभापति हुँ भन्ने सोचेर उदार भएर निर्णय गर्न आग्रह गरेका छन् । सभापति देउवाले बहुमतका आधारमा महाधिवेशन मिति घोषणा गरेपछि रामचन्द्र पौडेल र सिटौला पक्ष रुष्ट छन् । उनीहरुले निरन्तर केन्द्रीय समिति बैठक बहिष्कार गरेकाले देउवा पनि अप्ठेरोाम छन् ।

सभापतिले बहुमतबाट केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने र १४औं महाधिवेशनको मिति तोक्ने निर्णय गरेपछि असन्तुष्ट रहँदै आएका सिटौलाले मंगलबार सभापति देउवालाई पत्र बुझाउँदै पार्टी सभापति भएर उदारतापूर्वक निर्णय गर्न भनेका हुन् ।

‘१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईंको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो,’ सिटौलाले देउवालाई बुझाएको पत्रमा भनिएको छ, ‘यो जिम्मेवारी निर्वाह गर्न तपाईं कुनै गुटको होइन, नेपाली कांग्रेसको पार्टी सभापति हो भन्ने कुरा स्मरण गरेर साथै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्दछ ।’
पत्रमा सिटौलाले बृहत् एकता नै आजको अपरिहार्य र प्रथम आवश्यकता भएको उल्लेख गर्दै एकतालाई मजबुद बनाउन पार्टीको विधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्नका लागि पहलकदमी लिन समेत सभापति देउवालाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*