प्रेश संगठन मकवानपुरले पायो पूर्णता
हेटौंडा । प्रेश संगठन मकवानपुरले पूर्णता प्राप्त गरेको छ । तत्कालिन प्रेश चौतारी र प्रेस सेन्टर मकवानपुर विधिवत रुपमा एक भएसंगै प्रेश संगठन मकवानपुरले पूर्णता प्राप्त गरेको हो ।
दुवै संगठनमा रहेकाहरुलाई संगठनको कार्यसमितिमा राखिएको प्रेश संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले वताउनुभयो । प्रेश संगठन मकवानपुरमा संयोजक तत्कालिन प्रेशचौतारिका अध्यक्ष प्रकास दाहाल रहनुभएको छ भने सहसंयोजकमा प्रेश सेन्टरका तर्फबाट अन्जली थापा चयन हुनु भएको हो ।
आउँदो सनिवार प्रदेश ३ भरीका प्रेश संगठनका जिल्ला संयोजक र सहसंयोजकको सपथ कार्यक्रम काठमाण्डौमा हुने र त्यसपछी लगतै जिल्ला कार्यसमितिको पनि सपथ हुने दाहालले जानकारी दिनुभयो । प्रेश संगठन मकवानपुरमा जिम्मेवारी प्राप्त गरेकाहरुको नामावली यसप्रकार रहेको छ ।







