अतिक्रमित नेपाली भूमि फिर्ता गर्न तत्काल आवश्यक कदम चाल्ने नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टी नेकपाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न, भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको छ । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा आपत्तिजनक रहेको ठहर गर्दै नेकपाले तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
१ हप्तासम्म बसेको नेकपा स्थायी कमिटी बैठकले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले जारी गरेको नक्सा अमान्य र अस्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको निष्कर्ष निकाल्दै कालापानी, लिम्पिायाधुरा, लिपुलेक र सुस्ता लगायतको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।






