राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ सार्वजनिक (भिडियो)
कलाकारहरुले देशभक्तीपूर्ण, राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ बजारमा ल्याएका छन् । नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कलाकारहरूले एक मुख भएर छिमेकी देशलाई गीत मार्फत सचेत गराएका हुन् ।
ज्ञानेन्द्र गदालले रचना गरेको यो गीतमा गायक यम बराल र रीता गुरागाईंको आवाज छ । नेपालका चर्चित कलाकारहरूको अभिनय रहेको छ । राष्ट्रियसभाकी सांसद कोमल वली, पूर्व डिआइजी रमेश खरेलको समेत अभिनय रहेको गीतको भिडियोलाई संगीतकार चेतन सापकोटा आफैले तयार गरेका हुन् ।
मदन घिमिरेको छायाँकनमा तयार गीतको भिडियोमा हालसम्म सीमा अतिक्रमणका घटनाहरू जे–जति भएपनि सम्पूर्ण नेपाली मिलेर मिचिएको भूमि फिर्ता गर्नुपर्ने माग राखिएको छ ।







