यो मंसिरमा सुर्य र ज्योतिको योजना यस्तो छ (भिडियो सहित)
लगनको महिना मंसिरको मुखैमा पञ्चेबाजाको गीतहरु आउन थालेको छ । यहि क्रममा चर्चित गायक तथा सर्जक सुर्य खड्का र गायिका ज्योति लोहनीको नयाँ पञ्चेवाजाको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
मन नै आनन्द हुने पञ्चेबाजाको धुनमा चोखो प्रेमलाई बिवाहसम्मको विषयबस्तुलाई समाबेस गराएर बनाईएको गीतको लय र शब्द निक्कै उत्कृष्ट छ । बिदेशी भुमि जापानमा रहेर पनि नेपाली कला र सस्कृतीलाई अनि गीत संगीतलाई अत्यन्तै माया गर्ने सुर्य खड्काको लय तथा शब्दमा सजिएको उक्त गीतमा सुर्य खड्का, ज्योति लोहनी, सुमिना पनेरु, महेन्द्र न्यौपाने लगायतको अभिनय देख्न सकिन्छ ।
उक्त गीतको भिडियो दुर्गा पौडेलले निेर्देशन गरेका छन भने सुर्य खड्काको युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो







