महिला हाकिमको अनौठो पुरस्कार, राम्रो काम गर्ने कर्मचारीको खुट्टा धोएर सम्मान

जनपत्र
२६ कार्तिक २०७६, मंगलवार ०५:५७

कर्मचारीहरुको उत्कृष्ट कार्यसम्पादनका कारण नाफा कमाउँदा कुनै कम्पनीले कर्मचारीलाई सम्मान तथा बोनस बाँडेको त देखे सुनेकै हो । तर उत्कृष्ट काम गर्ने कर्मचारीहरुको खुट्टा नै धोइदिएर हाकिमले सम्मान गरेको चाहिँ थाहा थिएन । हालै चीनमा एउटा कम्पनीकी महिला हाकिमले उत्कृष्ट काम गर्ने आफ्ना ८ जना कर्मचारीहरुको खुट्टा धोइदिएर सम्मान गरेकी छिन् ।

गत नोभेम्बर २ मा उक्त कम्पनीले उत्कृष्ट काम गर्ने कर्मचारीको सम्मानमा आयोजना गरेको समारोहमा कर्मचारीहरुको खुट्टा धुनुका साथै कम्पनीका प्रमुख तथा एकजना महिला हाकिमले सम्पूर्ण कर्मचारीसँग हात मिलाएर अभिवादन पनि गरे ।कम्पनीले दिएको टार्गेटभन्दा धेरै व्यापार गर्न सफल ती कर्मचारीहरुलाई हाकिम तथा कम्पनी मालिकले नै खुट्टा धोइदिएर सम्मान गरेका हुन् । कर्मचारीको कडा मेहेनतका कारण कम्पनीले उल्लेख्य मुनाफा कमाउन सफल भएको थियो ।

कर्मचारीहरुलाई अवार्ड त सबैले दिन्छन् । तर खुट्टा धोएर सम्मान गर्ने त्यो शैली सायद दुनियाकै पहिलो हो । त्यसले आफ्ना कर्मचारीलाई थप हौसला प्राप्त हुने विश्वास कम्पनीको छ । खुट्टा धोएर कर्मचारीलाई सम्मान गर्ने कम्पनीको शैलीप्रति सोसल मिडियामा अनेक खालका प्रतिक्रिया आएका छन् । कतिपयले त्यो कदमको सह्राना गरेका छन् भने कतिपयले त्यस्तो नाटक गर्नुको साटो बरु कर्मचारीलाई बोनस बाँडेको भए हुन्थ्यो भन्ने विचार राखेका छन् ।

एजेन्सीको सहोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*