‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं
हेटौँडा । प्रदेश नम्बर ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश राजधानी हेटौंडाको कार्यालयमा बुधबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उहाँले प्रदेश नम्बर ३ को उत्तर उत्तर प्रगतीका लागि सबै संग सहकार्य गरेर काम गरिने वताउनुभयो । नेपाली जनताको सद्भाका निमित्त आफुहरुलाई पठाएकाले काम गरेर देखाउने वताउनुभयो ।

सबैको सहयोग र सद्भावबाट मात्र प्रदेश अगाडी वढ्ने वताउँदै उहाँले भन्नुभयो–‘संबिधान भित्र रहेर काम गछौं । सबैको सल्लाह र सुझाबका साथ काम गर्न म तयार छु ।’

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखको सपथग्रहण गर्नुभएका प्रसाईले बुधबार दिउँसो प्रदेश प्रमुखको कार्यालय हेटौँडामा पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद प्रदिपकुमार कटुवाल क्षेत्री, प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रसाद थपलीया, जिल्ला समन्वय समितिका प्रमख रघुनाथ खुलाल, हेटौँडा नगरपालिकाकी उपप्रमुख मिना लामा, प्रमुख सचिव तोयम राय, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै सबैसंगको सहकार्यमा संवैधानिक दायरामा रही प्रदेशको प्रगति र उन्नतिमा काम गर्ने बताउनुभयो । पदभार ग्रहणपछि प्रदेश प्रमुख प्रसाईले मन्त्री, प्रदेश सांसद, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुलाई सम्बोधन गर्नुभयो ।











