मकवानपुरका दुइ वटा पालिकाका सामाजिक शिक्षकहरुसंग अन्तरक्रिया
हेटौंडा । जनपत्र मिडिया प्रालि हेटौंडा–२ कोा आयोजना तथा युएनडीपी संसद सहयोग परियोजनाको सहकार्यक्रमा आज हेटौंडामा मकवानपुरका दुइ वटा स्थानीय तहका सामाजिक शिक्षकहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका बिद्यालयमा कार्यरत सामाजिक शिक्षकहरुसंग अन्त।रक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका सचिब राम कुमार पौडेलले बिद्यालयका सामाजिक विषय अध्यापन गराउने शिक्षकहरुका लागि यस्ता कार्यक्रम गरिनु अत्यन्त प्रभावकारी भएको बताउनुभयो । प्रदेशसभाले पनि बिगतका वर्ष र यो वर्ष विद्यालय स्तरमा गएर नमुना संसद कार्यक्रम गरिदै आएको बताउनुभयो । संघीय संसदमा लामो समय सम्म काम गरेको र त्यो अनुभव अहिले बागमती प्रदेशसभामा काम गरेको बताउँदै उहाँले भन्नुभयो–‘विद्यालयहरुले संसदका काम कार्बाहीका बारेमा जानकारी दिनका लागि विद्यार्थीहरुलाई प्रदेशसभाको अवलोकन पनि गराउँदा सामाजिक विषयलाई थप प्रभावकारी रुपमा बुझाउन सकिने छ ।’

शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीले सामाजिक विषयको ठुलो महत्व भएपनि बिद्यालयहरुले कम महत्व दिएको बताउनुभयो । यो विषयमा पाठ्य पुस्तकको पनि समस्या हुने गरेको उहाँले बताउनुभयो । यस कार्यक्रमले शिक्षकहरुलाई केही सिक्नका लागि सहयोग पुगेको बताउनुभयो । अहिले अरु जिल्लाबाट समेत हेटौंडामा गुणस्तरिय शिक्षा लिन आउनेहरु बढ्दै गएको समय उहाँले बताउनुभयो । कार्यक्रममा श्रमिक माध्यमिक बिद्यालय हेटौंडाका प्रधानध्यापक तथा सामाजिक बिद्यालयका शिक्षक श्रीराम दाहालले सामाजिक शिक्षा र अहिलेको परिवेशका बारेमा विस्तृत रुपमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले समग्र सामाजिक क्षेत्रका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा शिद्धार्थ माध्यमिक बिद्यालयका सामाजिक शिक्षक बालकुमार श्रेष्ठले सामाजिक विषय अध्यापन गराउँदा अभ्यास गरेर अध्यापन गरिदै आएको बताए । कार्यक्रममा जिएस निकेतन माध्यमिक द्यिालयका सामाजिक शिक्षक गोपाल प्रसाद खतिवडा, महेन्द्र माध्यमिक बिद्यालय हेटौंडाका सामाजिक शिक्षक सविना लामिछाने, शारदा माध्यमिक बिद्यालय मकवानपुर गढीका सामाजिक शिक्षक रजनी दुलाल लगायतकाले सामाजिक विषयले समग्र समाजको हरेक खालका परिवेश बझाउने भएकाले यसतर्फ आफुहरुले विद्यालय तहमा शिक्षा दिएको बताउनुभयो ।









