मनहरीमा हराइरहेका पुरुष मृत फेला

जनपत्र
१५ चैत्र २०८२, आईतवार ०९:१०

मनहरी  । दुई सातादेखि हराइरहेका मकवानपुरको मनहरी गाउँपालिका–७, लामाबस्तीका एक अधबैँसे पुरुष मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार शनिबार दिउँसो मनहरी गाउँपालिका–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठुलोखोल्सी क्षेत्रमा ५१ वर्षीय कामी सिंह थिङको शव फेला परेको हो।

मानसिक समस्या भोग्दै आएका उनी घरबाट हराएपछि परिवारजनले फागुन २९ गतेदेखि हराएको भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा निवेदन दिएका थिए।

केही दिनअघि मृत्यु भएको जस्तो सडेगलेको अवस्थामा शव फेला परेको उनका छोरा अमनबहादुर थिङले सनाखत गरेपछि आवश्यक प्रक्रिया पूरा गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो। घटनास्थलमा कुनै पनि शंकास्पद अवस्था वा गतिविधि नदेखिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*