“भ्रष्टाचारसँग सम्झौता हुँदैन”- राप्रपा उम्मेदवार दिपक बहादुर सिंह

जनपत्र
२२ माघ २०८२, बुधबार ०७:१५

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी भेटघाट तथा जनसम्पर्क अभियानलाई तीव्र पारेको छ। यस क्रममा राप्रपाका नेता दिपक बहादुर सिंहले भ्रष्टाचारविरुद्ध कडा चेतावनी दिँदै “भ्रष्टाचारसँग कुनै हालतमा सम्झौता हुँदैन” भन्ने स्पष्ट सन्देश दिएका छन्।

हेटौंडा ४ र हेटौंडा १३ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै सिंहले देशको विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै यसको अन्त्य बिना सुशासन सम्भव नहुने बताए। उनले भने, “जनताले परिवर्तन चाहेका छन् , भाषण होइन, इमानदार नेतृत्व र काम चाहिन्छ, हामिले यहि बिषय हृदयङ्गम गरेका छौ र निर्वाचित भए पछि गरेका कामहरुको सार्वजनिक समेत गरेका छौ । राप्रपा पारदर्शिता बिश्वास राख्छ । हामी राजनीतिमा धन कमाउन होइन मलामि कमाउन आएको कुरा हाम्रो कार्यशैलीले देखाएको जगजाहेर छ ।

राप्रपा मकवानपुरका अनुसार पार्टीले प्रत्यक्ष नागरिक संवाद र स्थानीय भेटघाटलाई प्राथमिकता दिँदै मतदातासँग भावनात्मक सम्बन्ध बलियो बनाइरहेको छ । निर्वाचनमा मत मात्र होइन, जनताको मन पनि जित्ने पार्टी राप्रपा भएकोले निर्वाचनले फेरी राप्रपा कै पक्षमा मत परीणाम आउछ । राप्रपाले राष्ट्र, राष्ट्रियता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताएको छ। स्थानीय स्तरबाट प्राप्त सकारात्मक प्रतिक्रिया र जनसमर्थनले पार्टी थप उत्साहित भएको राप्रपा मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*