हेटौंडा–९ मा रहेको सियान पुनरस्थापना केन्द्रको सिडियोद्वारा अनुगमन

जनपत्र
२७ कार्तिक २०८२, बुधबार १७:१०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेमा रहेको सियान पुनरस्थापना केन्द्रको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहितको टोलीले अनुगमन गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोरा, र राष्ट्रिय अनुसंधान मकवानपुरका प्रमुख हेमन्त चौधरीले सिआन पुनर्स्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टरको अनुगमन गरे ।

मकवानपुर जिल्लाको पहिलो महिला सुधार गृह र पुरुषका लागि राखिएको सुधारगृह व्यबस्थित रहेको पाइएको सिडयो अधिकारीले बताए । पुनरस्थापना केन्द्रमा रहेका पुरुष र महिलाहरुका लागि जिम हल, स्वीमिङ, तरकारी उत्पादन लगायतका क्षेत्रमा महत्वपूर्ण काम भएको उनले बताए । सुधारका काम अझै गर्न बाँकी रहेपनि अन्यत्र भन्दा यस पुनरस्थापना केन्द्र थप व्यवस्थित रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले सिआन पुनर्स्थापना केन्द्रले मकवानपुर जिल्लामा लागुऔषध दुरुपयोग नियन्त्रण र उपचार पुनर्स्थापना क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बोहोराले लागुऔषध समस्या समाधानका लागि प्रहरी प्रशासन र पुनर्स्थापना केन्द्रबीच सहकार्य अनिवार्य रहेको बताए ।

कार्यक्रममा सिआन पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्री (डी।सी) ले हाल केन्द्रले सेवा सञ्चालनका क्रममा भोगिरहेका चुनौतीहरूबारे सरोकारवालाहरूको ध्यानाकर्षण गराए । अहिले सहयोग र सहकार्यका माध्यमबाट मात्रै पुनर्स्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सकने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*