हेटौँडामा छठ पूजाको रौनक, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

जनपत्र
११ कार्तिक २०८२, सोमबार १८:५३

हेटौंडा । हेटौँडामा छठ पूजाको निकै रौनक बढेको छ । आज दिउसो देखि हेटौंडाको रापती तटमा छट पर्वको निकै रौनकता देखिएको हो । हेटौंडामा बसोबास गरेका तराइ तथा पहाडी मुलका समुदायहरुले एक आपसमा छठ पुजा गरेका छन् । अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठको रौनकले छोएको छ।

आज दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ। त्यही अनुसार रापती खोला किनारमा पुजा सामाग्री सहित बसेका ब्रतालुहरुले छठ पुजा गरेका हुन् । हेटौंडामा छठ पुजा गर्नेहरुसंगै हेर्नेहरुको पनि उत्तिकै लर्को लागेको थियो ।

पछील्ला वर्षहरुमा हेटौंडाको रापती छतमा मधेसी र पहाडी समुदायहरु एक आपसमा मिलेर छटपर्व मनाउन थालेका छन् । हेटौंडामा बसोबास गर्ने मधेसी समुदाय र पहाडी समुदायहरुले यो पर्वलाई भव्य रुपमा मनाउने गरेका छन् । हेटौंडाको रापती तटमा आज छट पर्व मनाउका लागि भब्य तयारी गरिएको थियो। कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ ।

तराई समुदायको उल्लेख्य बसोबास रहेको हेटौँडामा हरेक वर्ष राप्तीतटमा छठपूजा गरिँदै आइएको छ। सोही अनुरुप यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीको किनारमा भव्य तयारी गरिएको हो। मधेशी समाज मकवानपुरको आयोजनामा हुने छठ पूजाका लागि ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईको पण्डाल निर्माण गरिएको छ। साथै २५ वटा व्यवसायिक स्टलहरू समेत निर्माण गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*