मकवानपुरमा ग्यास बुलेटले ठक्कर दिँदा एक जनाको मृत्यु, दुईजना गम्भिर घाइते

जनपत्र
११ कार्तिक २०८२, सोमबार १२:५७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन् ।

मकवानपुर जिल्ला प्रहरीका अनुसार आज बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आइरहेको ल्ीण्ज्ञल्ण्द्दडण् नम्बरको ग्यास बुलेटले ठक्कर दिएको हो ।

दुर्घटनामा सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ गम्भिर घाइते भई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।

स्कुटरमा पछाडि सवार श्रेष्ठकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठलाई भने गम्भिर अवस्थामा उपचारका लागि चितवनस्थित एलाईभ अस्पतालमा पुर्‍याइएको र उनको अवस्था अझै पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै स्कुटरमा सँगै सवार उनिहरूको २ वर्षका छोरा प्रभिन श्रेष्ठ पनि रहेका थिए । बालकलाई सोही अस्पतालमा आमासँगै उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनामा संलग्न भारत, बिहारका ५५ वर्षीय ग्यास बुलेट चालक मोहम्मद मतिनलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*