देउसी भैलोबाट ५० हजारको खाध्यान्न र स्टेशनरी सामाग्री मामाघरलाई सहयोग

जनपत्र
१० कार्तिक २०८२, आईतवार १७:१३

हेटौंडा । ग्लोबल युथ इन्टरप्रेनर्स ट्रेनिङ्ग ईन्स्टिच्युट प्रा लि हेटौंडा १० ले तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट सडक बालबालिकाको क्षेत्रमा सक्रिय हेटौंडाको मामाघर नेपाल मकवानपुरलाई ५० हजार रुपैयाँ बराबरको खाद्यान्न र स्टेशनरी सामाग्री सहयोग स्वरुप उपलब्ध गराइएको छ । प्रा लिका हेटौंडा शाखा प्रमुख बिरु मेचेको नेतृत्वमा मामाघर नेपाल मकवानपुर हेटौंडा ११ मा पुगेर मामाघर नेपालका प्रमुख संरक्षक अर्पण पराजुलीलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

विभिन्न जिल्लाबाट आएर हेटौंडामा कार्यरत कर्मचारीहरुलाइ तिहारमा रमाइलो पनि हुने र कुनै बाल आश्रममा सहयोग पनि गर्ने आशयले देउसि खेलिएको र सबैको सल्लाहमा मामाघर नेपालमा सहयोग गर्न पाउँदा अत्यन्तै धेरै खुसी लागेको मेचेले बताउनु भयो। मामाघर नेपाल यस्तै दान, चन्दा, उपहार र सहयोगमा संचालित सामाजिक संस्था हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*